सर्वसहमतिबाट सरस्वती मूर्ति विसर्जन

बीरगंज, ०७ फागुन । तीन दिन पछि सरस्वतीको मूर्ति सेलाउने विषयमा सर्वदलीय बैठकमा सहमति भएपछि दिउँसो स्थानीय नदीमा मूर्ति बिसर्जन गरिएको हाे । सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई समुदाय बिच विवाद भएपछि जिल्ला प्रशासन कार्यालयले सर्वदलीय बैठक डाँकेर सहमति गरेको हो । सो सहमतिको आधारमा सरस्वतीको मूर्ति बिसर्जन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी एलिजा गिरिले बताउनुभयाे । उनका अनुसार फागुन ५ गते ईशनाथ नगरपालिका वडा नं. ७ स्थित घिउरा गाउँमा सरस्वती पूजाको मूर्ति विसर्जन गर्ने क्रममा दुई समुदाय बिच विवाद भएको हो ।

विवाद उग्र भएपछि रौतहट प्रशासनले कर्फ्यु आदेश जारी गरी आइतबार थप क्षेत्र समेत विस्तार गरेको थियो । सर्वदलीय सहमति अनुसार गाउँमा सामाजिक सद्भाव कायम राख्न ¥याली निकालिने भएको छ । दुवै समुदायका मानिसहरू एक आपसमा शान्ति सद्भाव कायम गरेर सामान्य जनजीवन बिताउनुपर्ने अपिल गर्दै उहाँले शान्ति, सद्भाव, भाइचारा कायम गर्नुपर्ने रौतहट प्रशासनले सुझाव दिएको हाे । ईशनाथ नगरपालिकाको सम्बन्धित वडाहरूमा सामाजिक सद्भाव कायम भएपछि मात्रै कर्फ्यु हटाउने तयारीमा प्रशासन छ ।

क्षेत्र न‍‍. २ का सङ्घीय सांसद किरण साह, नेपाल प्रहरीका डिआईजी यज्ञविनोद पोखरेल, सशस्त्र प्रहरीका डिआइजी दिपेन्द्र शाह, राष्ट्रिय अनुसन्धान मधेश प्रदेश प्रमुख संजय यादव, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, एसपी महेन्द्रकुमार श्रेष्ठ, सशस्त्र एसपी माधव रेग्मी, प्रदेश सदस्य जैयद राजा सहित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, बुद्धिजीवीहरूको उपस्थितिमा सरस्वतीको मूर्तिलाई विसर्जन गरिएको हो ।सरस्वतीको मूर्ति स्थानीय नदीमा विसर्जन गरेसँगै तनाव कम भएको हाे । यस गाउँमा पछिल्लो ५ वर्ष देखि मूर्ति सेलाउने विषयमा दुई पक्षबीच झडप हुँदै आएको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।

ताजा अपडेट

neelambads

सम्बन्धित

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

उच्च बेरोजगारीको सामना गर्दै चिनियाँ युवा

बेइजिङ, १८ जेठ ( रासस÷एएनआई) ः कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट मुक्त हुने क्रम जारी रहँदा चीनका युवाहरूले उच्च बेरोजगारीको सामना गर्नुपरेको छ । न्युयोर्क टाइम्सका अनुसार उनीहरु पेशागत र भावनात्मक...