सुरक्षा व्यवस्था कडा : एक हजार सुरक्षाकर्मी परिचालन

बीरगंज, ०७ फागुन । वीरगन्ज महानगरपालिका क्षेत्रमा साँझ ५ बजेपछि कर्फ्यु लागे पछि सुरक्षा व्यवस्था कडा गरिएको हाे । दुई समुदाय बीच द्वन्द्व हुनसक्ने भन्दै स्थिति सामान्य बनाउनका लागि जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु आदेश जारी गरेपछि सुरक्षा व्यवस्था कडा गरिएको हो । वीरगन्जमा सुरक्षा व्यवस्था कडा पार्नका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताउनुभयाे । प्रशासनले कर्फ्यु आदेश पालना गराउनका लागि नेपाल प्रहरीबाट पाच सय र सशस्त्र प्रहरीबाट पाच सय गरी एक हजार प्रहरी परिचालन गरिएको हाे ।

वीरगन्ज महानगरको पावरहाउस, मुर्ली, घण्टाघर, ठाकुरराम बहुमुखी क्याम्पस, इदगाह चोक, माइस्थान, आदर्शनगर, नगवा, भन्सार एरिया लगायतका मुख्य चोक तथा गल्लीमा सुरक्षाकर्मी खटाइएको पर्सा प्रहरी प्रवक्ता कुमारविक्रम थापाले बताउनुभयाे । ‘अहिले वीरगन्जको अवस्था तनाव ग्रस्त छ, त्यही भएर कर्फ्यु लगाइयो । हामीले थप मद्दतका लागि अन्य जिल्लाबाट पनि प्रहरी मगाएका छौँ, बागमती प्रदेशबाट पनि थप मद्दतमा प्रहरी आउँदैछ । शान्ति सुरक्षाभंग हुन नदिन पुरै सतर्कता अपनाइन्छ ।’ साँझ ५ बजेदेखि अर्को आदेश नहुञ्जेल सम्मका अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको हाे । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गरेको हाे ।

कुन–कुन क्षेत्रमा लाग्यो कर्फ्यु ?

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरपालिका सीमा क्षेत्रभित्र कर्फ्यु लगाएको हाे । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जको पूर्वमा नगवा चोक (बारा जिल्ला सिमाना), पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मितेरीपुल (भन्सार क्षेत्र) सम्म कर्फ्यु लगाइएको हाे ।

के के गर्नमा रोक ?

प्रशासनले कर्फ्यु अवधिभर हिँड्डुल गर्नमा पूर्णरुपमा बन्देज लगाएको हाे ।योसँगै जिल्ला प्रशासन कार्यालयले कर्फ्यु अवधिभर कसैले आवतजावत गर्न, भेला हुन, बाहिर हिँड्डुल गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ र्‍याली गर्न एवम् अन्य कुनै प्रकारका उच्छृङ्खल गतिविधि गर्न नपाउनेमा रोक लगाएको हाे । कोही कसैले आदेशको पालना नगरे कानुन बमोजिम कडा कारबाही गरिने समेत प्रशासन चेतावनी छ ।

सोमबार दिउँसो वीरगन्जमा भएको विवादमा परी नेपाल र सशस्त्र प्रहरीका ११ जना प्रहरी घाइते भएका छन् । नेपाल प्रहरीका प्रहरी निरीक्षक सहित नाै जना र सशस्त्र प्रहरीबाट दुइ जना प्रहरी घाइते भएका थिए । प्रहरी घाइते हुनुको साथै उग्र अवस्था बन्दै गएपछि प्रहरीले भीड नियन्त्रण गर्न केही थान अश्रुग्याँस समेत प्रहार गरेको हाे ।

प्रतिक्रिया लेख्नुहोस् ।

ताजा अपडेट

neelambads

सम्बन्धित

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

उच्च बेरोजगारीको सामना गर्दै चिनियाँ युवा

बेइजिङ, १८ जेठ ( रासस÷एएनआई) ः कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट मुक्त हुने क्रम जारी रहँदा चीनका युवाहरूले उच्च बेरोजगारीको सामना गर्नुपरेको छ । न्युयोर्क टाइम्सका अनुसार उनीहरु पेशागत र भावनात्मक...