पटके सेन्टर संचालनमा, हेटौडा जाने र वीरगञ्ज आउने बाध्यता हट्यो

बीरगंज, १७ पुस । बाराको पथलैयामा अस्थायी रुट इजाजत शाखा (पटके सेन्टर) संचालनमा आएको छ । पटके सवारीको अनुमति लिन वीरगञ्ज र हेटौडा जानुपर्ने अवस्थालाई अन्त्य गर्दै बारा जिल्ला स्थित यातायात व्यवस्था कार्यालयले पुस १६ गते देखि पथलैयामा अस्थायी रुट इजाजत शाखा (पटके सेन्टर) संचालनमा ल्याएको हो । पथलैयामा संचालनमा आएको पटके सेन्टरलाई उद्घाटन गर्दै मधेश प्रदेश सरकारको श्रम रोजगार तथा यातयात मन्त्री चन्दन सिंहले यस पटके सेन्टर संचालनमा आएकोले सवारी पटके इजाजत लिन वीरगञ्ज र हेटौडा जानुपर्ने बाध्यता अन्त्य भएको हाे ।

मधेश प्रदेशको यातायात क्षेत्रमा रहेकाहरुको लागि सुखद पक्ष रहेको भन्दै यस पटके सेन्टर संचालनबाट पथलैया बासीहरुको व्यापार क्षेत्रमा पनि मद्दत पुग्ने बताउनुभयाे । ‘पटके इजाजत पत्र लिने गाडीले यहाँ १० मिनेटको लागि भएपनि गाडी रोकेर खाजा नास्ता खाए भने पथलैया व्यवसायमा मद्दत पुग्नेछ ।’ कलैय उपमहानगरपालिका वडा नं. ३ गंगापूरस्थित मंसिर २५ गते उद्घाटन भई पुस ११ गते देखि सेवा संचालन गर्दै आएको यातायात व्यवस्था कार्यालय कलैयाले सवारीहरुको पटके इजाजत लिन वीरगंज हेटौडा जानुपर्ने बाध्यतालाई अन्त्य गर्दै पटके सेवा सहज पु¥याउने उद्देश्यले पुस १६ गते देखि हेटौडा – वीरगंज एवं पूर्व पश्चिम राजमार्गको बीचमा पर्ने पथलैयामा पटके सेन्टर संचालनमा ल्याएको हो ।

यस कार्यालयबाट पटके सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गरिने र यो शाखा हरेक सप्ताह र हरेक महिना र २४ औं घण्टा सेवा प्रदान गरिने यातायात ब्यवस्था कार्यालय बाराका प्रमुख नवाज हुसेनले बताउनुभयाे । यातायात सम्बन्धी सेवालाई सरल एवं सुविधाजनक तरिकाले सेवा प्रवाह गर्ने हाम्रो मुख्य प्रयास स्वरुप पथलैयामा यो पटके सेन्टरको स्थापना गरिएको हाे । पटके सम्बन्धी सेवाहरु पुस १६ गते देखि नै यस सेन्टरबाट लिन सकिने हाे ।

उनका अनुसार यस सेन्टर कुनैपनि सार्वजनिक विदाको दिन बन्द नभई २४ औं घण्टा अर्थात वर्षको ३६५ दिन नै सेवा प्रदान गरिने कार्यालय प्रमुख हुसेनको भनाई छ । कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले पथलैयामा अस्थायी रुट इजाजत शाख (पटके सेन्टर) संचालन हुन सुखद पक्ष रहेको हाे । यहाँ पटके सेवा मात्र नभई लाईसेन्स नवीकरण र ब्लुबूक नवीकरण जस्ता थप सेवा यहाँबाट नै प्रदान गर्ने ब्यवस्था मिलाई दिन मधेश प्रदेश सरकारका श्रम रोजगार तथा यातायात मन्त्री एवं कार्यक्रमका प्रमुख अतिथि सिंहसँग आग्रह समेत गरेकाे हाे ।

कार्यक्रममा मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरी, यातायात व्यवस्था कार्यालय पर्साका प्रमुख उमेश रेग्मी, जनमत पार्टीका पर्सा अध्यक्ष ओमप्रकाश सर्राफ, भिमेश्वर मध्यवर्ती सामुदायिक वनका अध्यक्ष पेश्न मुल्मी, ट्राफिक प्रहरी नायब उपरीक्षक माधव काफ्ले लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।

ताजा अपडेट

neelambads

सम्बन्धित

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

उच्च बेरोजगारीको सामना गर्दै चिनियाँ युवा

बेइजिङ, १८ जेठ ( रासस÷एएनआई) ः कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट मुक्त हुने क्रम जारी रहँदा चीनका युवाहरूले उच्च बेरोजगारीको सामना गर्नुपरेको छ । न्युयोर्क टाइम्सका अनुसार उनीहरु पेशागत र भावनात्मक...