प्रलोभनमा परी ठगिने क्रम बढ्दो

बीरगंज, ०६ पुस । हाल १९ वर्ष भन्दा माथिका र पढेलेखेका मानिसहरु नै विभिन्न प्रलोभनमा परेर बेचविखनमा पर्ने र ठगिने क्रम बढेको हाे । विहीबार फाउण्डेसन हेरेस्को सहयोगमा माईती नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा माईती नेपाल वीरगंजले यो एक वर्षको अवधीमा २ सय ६० जनाको उद्धार गरेको हाे । २०२३ को जनवरी देखि २०२३ डिसेम्बर महिनाको हाल सम्ममा ३ जना बालक, दुइ सय ५७ जना महिला गरी कुल २ सय ६० जनाको माईती नेपालले उद्धार गरेको हो । गत वर्ष यही अवधीमा ५७ जनालाई भने सिमानाकाबाट उद्धार गरीएको थियो भने सोही अवधीमा यस वर्ष १७ जनालाई उद्धार गरीएको हाे ।

उद्धार गरीएकाहरु मध्ये अधिकांश १८ वर्ष भन्दा माथिका रहेका र उनीहरु मध्ये ७१ जनालाई भने नेटवर्किंग कम्पनीमा तालिम पछि जागिर लगाई दिने प्रलोभनमा परेर भारत जान लागेकाहरुलाई उद्धार गरी सम्झाईबुझाई गरी घर फर्काइएको माईती नेपालका सुपरभाईजर गोमा पौडेलले जानकारी दिईन् । वीरगंजमा मात्रै माईती नेपाल, आशिष सामाजिक नेपाल, आफन्त नेपाल, साना हात नेपाल र नेपाल प्रहरी लगायतले सिमा नाकामा चेकजाँचका साथै विभिन्न तवरबाट बेचविखन विरुद्ध निगरानी राखिरहेका छन् ।

माईती नेपालको संरक्षणमा पुगेका खासगरी बालिका र महिलाहरु मध्ये ३८ जना मधेश प्रदेशका, ५८ जना बागमती, ३३ जना कोशी प्रदेशका, लुम्बिनी प्रदेशका १३ जना, गण्डकीका ३८ जना र सुदुरपश्चिमका ७ जना रहेका छन् । जसमध्ये १ देखी ५ वर्ष उमेर समुहका २३ जना, ६ वर्ष देखि ८ वर्ष उमेर समुहका ४६ जना, ९ देखी १२ उमेर समुहका १ सय १ जना,१२ देखी माथिका उमेर समुहका ६ जना रहेका छन् भने अशिक्षित १० जना रहेका छन् । त्यस्तै ती मध्ये ८९ जना जनजाती, ४५ जना ब्राह्मण क्षेत्री समुदायबाट छन् भने दलित समुदायबाट २६ जना रहेका छन् । त्यस्तै १९ जना मधेशी र ८ जना मुश्लिम समुदायबाट रहेका छन् ।

उद्धार गरीएका अधिकांश पर्सा, सर्लाही, झापा र धनुषा लगायतका जिल्लाबाट रहेको माईती नेपालका सुपरभाईजर विरेन्द्र गौतमले बताउनुभयाे । वीरगंजको मुख्य नाकामा निगरानी बढाईएको भएपनि पर्सा जिल्लाको भिश्वा, भंगाहा, बाराको बलिरामपुर लगायत मधेश प्रदेशका अन्य जिल्लाका खासगरी ग्रामीण नाकाबाट विभिन्न अपराधिक गतीविधी लगायत बेचविखनमा पर्ने घटनामा वृद्धि भईरहेको हाे । हाल उद्धार गरीएका युवती र महिलाहरु मध्ये धेरै जसो हाल देशमा बढ्दो बेरोजगारी समस्याका कारण टवर्किंग कम्पनीको आर्थिक प्रलोभनमा परेर जानेहरु देखिएका छन् । वी विनर, ओरियन्ज, रिविजन, विशालमार्ट, डाँफे लगायतका नामबाट नेटवर्किंग कम्पनी खोलेर नेपालका मानिसहरुलाई ठगि रहेको पाईएको हाे । मधेसखबर

प्रतिक्रिया लेख्नुहोस् ।

ताजा अपडेट

neelambads

सम्बन्धित

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

उच्च बेरोजगारीको सामना गर्दै चिनियाँ युवा

बेइजिङ, १८ जेठ ( रासस÷एएनआई) ः कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट मुक्त हुने क्रम जारी रहँदा चीनका युवाहरूले उच्च बेरोजगारीको सामना गर्नुपरेको छ । न्युयोर्क टाइम्सका अनुसार उनीहरु पेशागत र भावनात्मक...