एक वर्षमा एक हजार नौ सय ६३ विदेशी पर्यटक भित्रिए

बीरगंज, ०५ पुस । वीरगन्ज भन्सार नाकाबाट एक वर्षको अवधिमा एक हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । वीरगन्जस्थित पर्यटक प्रहरी कार्यालयका अनुसार गत २०७९ पुस १ गते देखि २०८० मंसिर ३० गते सम्म सो नाकाबाट एक हजार नौ सय ६३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् भने एक हजार नौ सय ६२ विदेशी पर्यटक बाहिरिएका छन् । अघिल्लो वर्ष सोही अवधिमा वीरगन्ज नाकाबाट छ सय ५९ विदेशी पर्यटक नेपाल भित्रिएको पाँच सय पाँच विदेशी पर्यटक बाहिरिएका थिए ।

नेपालको हावापानी र घुमफिर गर्ने मौसमको दृष्टिकोण उपयुक्त मानिएको असोज, कात्तिक, मंसिर र पुस महिनामा नेपाल भित्रिने पर्यटकको संख्या अन्य महिनाको तुलनामा बढी रहेको पर्यटन प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक अनिल कुमार महतोले बताउनुभयाे । नेपालमा पर्यटकीय आकर्षणका क्षेत्र बढ्दै गएको हाे ।

हावापानी उपयुक्त भएको र कोरोना संक्रमण न्यून भइसकेको लगायत कारणले वीरगन्ज नाकाबाट पर्यटक भित्रिने क्रम बढेको हाे । भारतको विभिन्न हुँदै वीरगन्ज नाकाबाट नेपाल भित्रिने पर्यटकमा बढी अमेरिका, फ्रान्स, थाइल्याण्ड, जर्मनी, युएसए र क्यानडाका पर्यटक रहेको हाे ।

वीरगन्ज नाकाबाट भित्रिने विदेशी पर्यटकलाई होटल, यातायात तथा अन्य क्षेत्रमा असुविधा वा ठगी हुन नदिन सचेत गराउनाका साथै दुर्घटनामा परी घाइते भएका विदेशी पर्यटकलाई उपचार गराई परिवारको जिम्मा लगाउने कार्यसमेत पर्यटक प्रहरी कार्यालयले गर्दै आएको हाे । रासस

प्रतिक्रिया लेख्नुहोस् ।

ताजा अपडेट

neelambads

सम्बन्धित

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

उच्च बेरोजगारीको सामना गर्दै चिनियाँ युवा

बेइजिङ, १८ जेठ ( रासस÷एएनआई) ः कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट मुक्त हुने क्रम जारी रहँदा चीनका युवाहरूले उच्च बेरोजगारीको सामना गर्नुपरेको छ । न्युयोर्क टाइम्सका अनुसार उनीहरु पेशागत र भावनात्मक...