पटेर्वा सुगौलीले क्षेत्राधिकार मिचेर ठेक्का लगाएकोमा सखुवा प्रसौनी गाउँपालिकाको आपत्ति

बीरगंज, ०५ पुस । सखुवा प्रसौनी गाउँपालिका कार्यालय वडा न. १ मा पर्ने जमुनिया खोलाको टेन्डरमा पटेर्वा सुगौली गाउँपालिकाले गरेकोले यसलाई तुरुन्त रोक्नुपर्ने बताउनुभयाे । नेपाल पत्रकार महासंघको सभा हलमा पत्रकार सम्मेलनमा सखुवा प्रसौनी गाउँपालिका प्रमुख यशवन्त यादवले जमुनिया खोलाको टेन्डरमा पटेर्वा सुगौली गाउँपालिकाले धाधली गरेको आरोप लगाउनुभयाे ।

पालिका भित्र पर्ने सो जमुनिया खोलाको बालुवा गिटी र ग्रेबल उत्खनन माथि दादागिरी गरेकोमा यसलाई तुरुन्त रोक्नुपर्ने प्रमुख यादवले बताउनुभयाे । तत्कालीन मधुवनमथल गाबीस सखुवा प्रसौनी गाउँपालिकामा समायोजन भएको थियो । सम्पूर्ण प्राकृतिक श्रोत साधन स्तह सखुवा प्रसौनी गाउँपालिका भित्र पर्ने भए पनि आफुखुशी सिमा निर्धारण गरि २०८० कार्तिक ३ गते गरेकोमा आपत्तिजनक रहेको हाे ।

आफुहरुको ६५% प्रतिशत अधिकार र ३५% प्रतिशत पटेर्वा सुगौली गाउँपालिकाको भए पनि धाधली तरिकाले टेन्डर गरेकोमा तुरुन्त रोक्न पत्रकार सम्मेलनमार्फत यादवले आग्रह गरेका छन् । दुवै पालिकाको सिमा निधार भए पछि मात्र टेन्डर खोल्नु पर्ने बताउनुभयाे ।

अहिले कानुनी उपचार पनि खोजी गरिरहेको हाे । सम्बाद पनि गर्ने सम्पूर्ण राजनीतिक दलहरूलाई यादवले अपिल गरेको हाे । टेन्डर नरोकिए आफुहरुले अवरुद्ध गर्ने चेतावनी सोही पत्रकार सम्मेलन मार्फत अपिल गरेको हाे । पत्रकार सम्मेलनमा निवर्तमान गाउँपालिका अध्यक्ष प्रदिप जैसवाल, वडा न. १ का वडाध्यक्ष बासुदेव महतो थारू, दिपेन्द्र कडेल, प्रविधिक रामबाबु प्रसाद लगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।

ताजा अपडेट

neelambads

सम्बन्धित

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

उच्च बेरोजगारीको सामना गर्दै चिनियाँ युवा

बेइजिङ, १८ जेठ ( रासस÷एएनआई) ः कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट मुक्त हुने क्रम जारी रहँदा चीनका युवाहरूले उच्च बेरोजगारीको सामना गर्नुपरेको छ । न्युयोर्क टाइम्सका अनुसार उनीहरु पेशागत र भावनात्मक...