उद्धार र राहतका लागि एमालेले सरकारलाई सघाउँछ : केपी ओेली

बीरगंज, १८ कार्तिक। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्नबाली, उधोग ब्यापार, पर्यटन, प्रचीन इतिहासका साथ सफलताको गौरबगाथा बोकेको हाे । बिद्वताको खानी संस्कृतिको धनी मधेश प्रदेश पछाडी पार्ने भने नेपाल पनि अगाडि बढन नसक्ने बताउनुभयाे । मधेश प्रदेश कमिटीका निर्वाचित सदस्यहरूको शपथग्रहण कार्यक्रमलाई समबोधन गर्दै अध्यक्ष ओलीले मधेश अगाडि नबढी देश अगाडि नबढने मधेश नउठी देश नउठने बताउनुभयाे ।एमालेका बिरुद्ध मधेशमा एकताका निकै अफवाह फैलाइएको चर्चा गर्दै २०८४ को निर्वाचनमा त्यस्ता अफवाह फैलाउनेहरुलाई मधेशी जनताले ठेगान लगाउने बताउनुभयाे । अध्यक्ष ओलीले आफनो ३ वर्षे प्रधानमंत्रीत्वकालमा मुलुकमा तिब्र रफ्तारमा बिकास निर्माणका कामले गति लिएको स्मरण गरेकाे हाे ।

हुलाकी राजमार्गको निर्माण, कोशी मरिन डाईभर्सन, बीरगंज पथलैया, जनकपुर ढल्केवर जस्ता ६ लेनका सडकको निर्माण, रेलमार्गको निर्माण, चीनसंगको पारवाहन ब्यपार सम्बन्धी सम्झौता, अस्पताल, बिद्यालयको निर्माण, मदन भण्डारी राजमार्ग, मध्य पहाडी लोकमार्गको निर्माण जस्ता काम द्रुत गतिमा शुरु भएको हाे । बिकास निर्माणका कामले गतिलिन थाले पनि संकीर्ण सोच भएका कुण्ठापालेकाहरुले आफनो कामसंग तुलना हुने भएपछि पार्टीलाई असफल बनाउन सरकार ढाल्ने काम गरेको स्मरण गरेकाे हाे । १ घण्टा १५ मिनेट लामो सम्बोधनका क्रममा पूर्व प्रधानमंत्री समेत रहेका अध्यक्ष ओलीले पार्टीलाई कमजोर बनाउन पार्टीमै रहेका नेताहरुको षडयन्त्रले सफलता नपाएको बरु पार्टी झन बलियो । मिशन २०८४ उद्धेश्यमुलक रहेको हाे । नेपालको बिकासकालागि नेकपा एमाले आवश्यक रहेको हाे । उनले कार्यकर्तालाई सम्बोधन गर्दै मिशन २०८४ का बारेमा सम्झाए ।

मिशन २०८४ भनेको हरेडक वडामा ५१ प्रतिशन जनमत नेकपा एमालेको पक्षमा ल्याउने अभियान भएको प्रष्ट पारेकाे हाे। पार्टी भित्रको एकता देश र जनता प्रतिको जिम्मेवारी सम्झेर मिशन २०८४ मा लाग्न उनले प्रदेश कमिटीलाई निर्देश दिएकाे हाे । पार्टीले रोजगारमुलक तालिमको सचालन, बिचारधारत्मक प्रशिक्षणको आयोजना गर्नु पर्नेमा जोड दिएकाे हाे । कार्यकर्ता तथा नेताहरुलाई हिदायत दिदै आर्थिक रुपमा पारदर्शी हुन निर्देशन दिएकाे हाे । आर्थिक रुपमा अपारदर्शी ब्यवहार भयो भने त्यो उभो लाग्ने लक्षण होइन भन्दै अध्यक्ष ओलीले भ्रष्टाचारजन्य गतिविधिलाई पार्टी नसहने पनि संकेत गरेकाे हाे । एक फरक प्रसंग अध्यक्ष ओलीले बिधुत महशुल असुल्न बाँकी भन्दै सरकारले ब्यपारीलाई दुःख दिन थालेको हाे । बिधुत उत्पादन र खपतको राम्रो ब्यवस्था मिलाउन सरकारलाई सुझव दिदै बिधुत महशुल मिनाह गर्न माँग गरेकाे हाे । अध्यक्ष ओलीले बैंकहरुको मुनाफा प्रति प्रश्न गर्दै बैकहरुलाई अर्वोको मुनाफा किन चाहिएको हो । बैंकहरु गाउँघरका मिटरब्याजी भन्दा पनि चर्को ब्याज असुली गरिरहेको हाे । १५ प्रतिशत ब्याज लिने बैंकहरु मान्यता पप्त मिटरब्याजी भएको हाे । यस्तो दुनीयामा कही नभएको भन्दै तीन महिनामा ब्याज फेरी सावामा जोडने प्रवृति देखिएको हाे । यो प्रवृतिलाई फेर्नु पर्ने हाे । मुलुकमा पैसा छ तर रोजगारी सृजना गर्ने लगानी भएको छैन, त्यो पैसा निर्माणमा प्रयोग नभएको भन्दै अध्यक्ष ओलीले सुन ओसार्न पैसाको प्रयोग गरिएको हाे ।

यस्तो अवस्थामा परिर्वतन ल्याउनु पर्ने हाे । कर्णाली प्रदेशको जाजरकोट लगायतका ठाउमा भूकम्पका कारण भएको मानवीय एव अन्य भौतीक क्षती प्रति गहिरो दुःख ब्यक्त गरेकाे हाे । सिंगो पार्टी पंक्तिलाई राहत र उद्धारमा तदारुकता साथ क्रिायशिल हुन समेत आग्रह गरेकाे हाे । सरकारलाई पनि देखिने गरि राहत र उद्धारको ब्यवस्था मिलाउन अपिल गरेकाे हाे । पार्टीको मधेश प्रदेशका अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका सचिव एवं मधेश प्रदेशका इन्चार्ज योगेश भट्टराई, कोशी प्रदेशका इन्चार्ज रघुवीर महासेठ, नेकपा एमाले पर्साका इन्चार्ज अच्यूत मैनाली, नेकपा एमाले मधेश प्रदेश कमिटीका निर्वतमान अध्यक्ष रामअवतार यादव, नेकपा एमाले पर्साका अध्यक्ष डा.बिश्वम्भर शर्मा लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको संचालन प्रदेश सचिव मनोज पौडेल र स्वागत मन्तब्य उपाध्यक्ष बिचारी यादवले ब्यक्त गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस् ।

ताजा अपडेट

neelambads

सम्बन्धित

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

उच्च बेरोजगारीको सामना गर्दै चिनियाँ युवा

बेइजिङ, १८ जेठ ( रासस÷एएनआई) ः कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट मुक्त हुने क्रम जारी रहँदा चीनका युवाहरूले उच्च बेरोजगारीको सामना गर्नुपरेको छ । न्युयोर्क टाइम्सका अनुसार उनीहरु पेशागत र भावनात्मक...