तस्करीको माध्यमबाट भित्र्याइएको सामान वीरगंज भन्सार चलान

बिहानी सन्देश संवाददाता, वीरगंज, २८ असार ।
जिल्ला प्रहरी कार्यालय, पर्साले भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न किसिमका सामानहरू बरामद गरी आज वीरगंज भन्सार चलान गरेको जनाएको छ ।
असार २७ गते इलाका प्रहरी कार्यालय छपकैया, प्रहरी चौकी ईनर्वा, प्रहरी चौकी बसपार्क र अस्थायी प्रहरी पोष्ट ईनर्वा गाँउको टोलीले भन्सार छली नेपाल भिœयाएको चोलोको थान कपडा – ५ थान, नेटको कपडा – ५ थान, सुरूवालको कपडा – १ थान, कुर्था सरवाल – २० पिस, बिभिन्न किसिमका मोबाईल पार्ट पुर्जा – १ झोला, चिनी – ९६ के.जि, मोटरसाइकलको ट्युब ६२ पिस, थानको कपडा – ३ थान तथा नेपालबाट भारततर्फ अवैध रुपमा लगिरहेको गोल्डेन ओक – २८ पिस, कस्तुरी रक्सी – ५५ बोतल गरी एक लाख ९१ हजार मूल्य बराबरको सामान नियन्त्रणमा लिई वीरगंज भन्सार बुझाएको जिप्रका, पर्साले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस् ।

ताजा अपडेट

neelambads

सम्बन्धित

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

उच्च बेरोजगारीको सामना गर्दै चिनियाँ युवा

बेइजिङ, १८ जेठ ( रासस÷एएनआई) ः कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट मुक्त हुने क्रम जारी रहँदा चीनका युवाहरूले उच्च बेरोजगारीको सामना गर्नुपरेको छ । न्युयोर्क टाइम्सका अनुसार उनीहरु पेशागत र भावनात्मक...